+
+
Shares

निको भएपछि काममा फर्किइन् दीपाश्री, ‘कमेडी नाइट’ मा भव्य स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रेन ट्युमरको सफल शल्यक्रियापछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला झण्डै दुई महिनाको उपचार र स्वास्थ्य लाभपछि यसैसाता काममा फर्किएकी छन्।
  • उनी टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को छायांकन सेटमा फर्किँदा कलाकारले फूलको गुच्छासहित स्वागत गरेका थिए।
  • दीपाश्री ‘छ माया छपक्कै २’ र ‘पाँच पाण्डव’को डबिङ कार्यमा पनि संलग्न भएकी छन्।

काठमाडौं । स्वास्थ्य लाभपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला यसैसाता काममा फर्किएकी छन् । झण्डै दुई महिना लामो उपचार र स्वास्थ्य लाभपछि उनी काममा फर्किएकी हुन् ।

काममा फर्किएसँगै उनी टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को छायांकन सेटमा फर्किएकी छन् । उनलाई फूलको गुच्छासहित शोका कलाकारले सेटमा स्वागत गरे ।

केही समयपछि सेटमा फर्किँदा दीपाश्री प्रफुल्ल देखिएकी थिइन् । साथै, उनी ‘छ माया छपक्कै २’ र ‘पाँच पाण्डव’को डबिङ कार्यमा पनि संलग्न भएकी छन् ।

असार अन्त्यतिर उनको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको थियो । चिकित्सको सल्लाहपछि उनी काममा फर्किएकी हुन् । अहिले पनि प्रशंसकले दीपाश्रीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?