+
+
Shares

युवाहरूलाई फेलोसिप दिँदै ललितकला प्रज्ञाप्रतिष्ठान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले १८ देखि ३० वर्षका नेपाली युवा कलाकारका लागि ‘नाफा स्टुडियो फेलोसिप २०८३’ का लागि खुला आवेदन आह्वान गरेको छ।

२९ भदौ, काठमाडौं । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ‘नाफा स्टुडियो फेलोसिप २०८३’ का लागि खुला आवेदन आह्वान गरेको छ । प्रतिष्ठानले १८ देखि ३० वर्ष उमेर समूहका नेपाली युवा कलाकारहरूलाई लक्षित गर्दै दुई चरणमा सञ्चालन हुने उक्त फेलोसिप कार्यक्रमको घोषणा गरेको हो ।

युवा कलाकारहरूको सिर्जनात्मक क्षमता र व्यावसायिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले फेलोसिप कार्यक्रम ल्याइएको प्रतिष्ठानले जनाएको छ । नाफाका अनुसार आगामी २०८३ मङ्सिरदेखि पुस महिनासम्म पहिलो चरण र माघदेखि फागुन महिनासम्म दोस्रो चरण गरी फेलोसिप सञ्चालन गरिने छ ।

प्रत्येक चरणमा ३–३ जना गरी कुल ६ जना कलाकारलाई छनोट गरिनेछ । छनोट भएका कलाकारहरूले दुई महिनासम्म निःशुल्क स्टुडियो तथा कार्यस्थल, स्वीकृत सीमाभित्र कला सामग्री खर्च, प्राविधिक सहयोगका साथै प्रतिष्ठानको सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट प्रचार प्रसारको सुविधा प्राप्त गर्नेछन् ।

यस फेलोसिपअन्तर्गत चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, शिल्पकला, हस्तकला, परम्परागत कला, लोककला, सेरामिक, मिक्स्ड मिडिया, प्रतिस्थापन कला र ग्राफिटीलगायतका समसामयिक कला विधामा अभ्यास गरिरहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सहभागीको छनोट दुई सदस्यीय स्वतन्त्र छनोट समितिमार्फत खुला आवेदनका आधारमा गरिने प्रतिष्ठानले जनाएको छ ।

आवेदन दिनका लागि इच्छुक कलाकारले नागरिकताको प्रतिलिपि, बायोडाटा, ५ देखि १० वटा सिर्जनाको पोर्टफोलियो, आर्टिस्ट स्टेटमेन्ट, फेलोसिप अवधिमा गरिने कार्ययोजना र हालै खिचिएको फोटोसहित प्रतिष्ठानले उपलब्ध गराएको गुगल लिङ्कमार्फत फारम भर्नुपर्ने छ ।

छनोट भएका कलाकारहरूले स्वीकृत कार्ययोजनाअनुसार तोकिएको समयमा नियमित स्टुडियोमा उपस्थित भई काम गर्नुपर्ने, उपकरण तथा नियमको पालन गर्नुपर्ने र कार्यक्रमको अन्त्यमा आयोजना हुने सामूहिक कला प्रदर्शनी एवं आर्टिस्ट प्रिजेन्टेसन मा अनिवार्य सहभागिता जनाउनुपर्ने छ ।

इच्छुक युवा कलाकारहरूले आगामी २९ असोजभित्र आवेदन दिइसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?