+
+
Shares

कांग्रेसका दुवै पक्षले गर्न लागेको महाधिवेशन रोक्न माग गरिएको रिट दरपीठ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।
  • कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए।
  • कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ, भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म समय निर्धारण गरेको छ।

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताए ।

कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?