+
+
Shares

दशैंमा आउन लागेको फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘आबाट आमा २’ को पहिलो झलक हरितालिका तीजको अवसरमा ‘चर्किएको यो घरले फेरि सोध्यो.., यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा ??’ स्लोगनसहित सार्वजनिक भएको छ ।
  • पोस्टरले चाडपर्वमा नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक ढङ्गले देखाएको छ ।
  • चन्द्र पन्तले निर्देशन गरेको फिल्म असोज ३० गते फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउनेछ ।

काठमाडौँ । ‘चर्किएको यो घरले फेरि सोध्यो.., यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा ??’ स्लोगनसहित फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक भएको छ ।

हरितालिका तीजको अवसरमा निर्माताले पोस्टर ल्याएका हुन् । सार्वजनिक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक ढङ्गले समेटिएको छ ।

पोस्टरको पृष्ठभूमिमा रहेका फुटेका सिसा र पुराना तस्वीरले भत्किएको परिवार र छिन्नभिन्न भएका यादलाई सङ्केत गर्छन् । एक तस्विरमा आमा–बुबा प्रदीप रावत र विपना थापा अँगालो हालेर रोइरहेको दृश्यमाथि उडिरहेको हवाइजहाजको तस्वीरले रोजगारीका लागि घर छाड्न बाध्य नेपाली युवाको कथा भन्छ ।

अर्को टुक्रामा फिल्मका मुख्य कलाकार पल शाह, साइग्रेस पोखरेलको तस्वीरले विगतका मीठा सम्झना दिलाउँछन् ।

फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडाको अभिनय छ ।

अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’को यो दोस्रो श्रृंखला हो । असोज ३० गते फूलपातीको अघिल्लो दिनबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?