News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्रीसमक्ष विस्तृत कार्ययोजना पेश गरेको छ।
- प्रस्तावमा वेत्रावतीदेखि बुधसिंघाटसम्म ४ वटा पक्की पुल र दुई स्थानमा बेलिब्रिज निर्माण गर्न भनिएको छ।
- ढुंगेदेखि कोलनी र बिदुर ४ सिमचौरदेखि बिदुर १२ गौरीबेँसी जोड्ने बेलिब्रिजले नुवाकोट, त्रिशूली पारी क्षेत्र र धादिङसम्मको आवागमन सहज हुने उल्लेख छ।
३० भदौ, काठमाडौं । बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका भित्र ४ पक्की पुल र दुई बेलिब्रिज निर्माण गर्न प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए । सो क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।
मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्रीसमक्ष पेश गरेका हुन् । उक्त प्रस्तावमा सम्भाव्यता अध्ययन गरी वेत्रावतीदेखि बुधसिंघाटसम्मका स्थानमा ४ वटा पक्की पुल निर्माण गर्न प्रस्ताव गरिएको छ ।
यसबाहेक दुई स्थानमा बेलिब्रिज बनाउन स्थानीय सरकारले संघीय सरकारसमक्ष प्रस्ताव गरेको छ । ढुंगेदेखि कोलनी जोड्ने स्थानमा बेलिब्रिज बनाउन प्रस्ताव गरिएको छ । यसले नुवाकोट त्रिशूली पारीको क्षेत्र र धादिङसम्मको आवागमन सहज हुने प्रस्तावमा उल्लेख छ ।
अर्को बेलिब्रिज बिदुर ४, सिमचौरदेखि बिदुर १२ गौरीबेँसी जोड्ने स्थानमा जोड्न प्रस्ताव गरिएको छ । यसबाहेक छत्रेखोलाबाट शिरखाली–रणभवनेश्वरी–मान्द्रेढुंगा–गौरीबेँसी–कालीखोला–माझीगाँग–कोलनी–आँगपुटार–तुप्चे–भित्रिनीटार–सिस्नेचौर हुँदै च्याम्पेश्वरा जोड्ने वैकल्पिक सडक स्तरोन्नती गर्न समेत केन्द्र सरकारसमक्ष प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया 4