News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा–भोटेकोशी बाढीले प्रभावित नुवाकोटको विदुर नगरपालिकाले सो क्षेत्रमा सुक्खा बन्दरगाह स्थापना गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ।
- मेयर राजन श्रेष्ठले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणको विस्तृत कार्ययोजना प्रधानमन्त्री बालेन शाहसमक्ष सोमबार पेश गरेका हुन्।
- नगरपालिकाले औद्योगिक क्षेत्र, रिभर बेल्ट म्यानेजमेन्ट प्लान, वातावरणीय प्रभाव मूल्यांकन र विपद् व्यवस्थापन रिसर्च सेन्टर स्थापना गर्न पनि प्रस्ताव गरेको छ।
३० भदौ, काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट बढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाले सो क्षेत्रमा सुक्खा बन्दरगाह स्थापना गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए ।
सो क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।
मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गरेका हुन् । कार्ययोजनामा बाढी प्रभावित नागरिकको सहज जीवन उकास्न, बाढी प्रभावित क्षेत्रलाई व्यवस्थित गर्न र रोजगारीका अवसर सिर्जना गर्न सुक्खा बन्दरगाह स्थापनाको प्रस्ताव गरिएको छ ।
साथै नगरपालिकामा प्रभावित नागरिकलाई लक्षित गरी औद्योगिक क्षेत्र निर्माण गर्न समेत केन्द्र सरकारसमक्ष प्रस्ताव गरिएको छ । पर्यटन उद्योगको पुनरुत्थानका लागि रिभर फ्लो मार्किङ एरिया निर्धारण तथा मार्किङ गर्न रिभर बेल्ट म्यानेजमेन्ट प्लान लागु गरी पर्यापर्यटनको विकास गर्न प्रस्ताव गरिएको छ ।
भोटेकोशी नदीको बहाव क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गर्न समेत नगरपालिकाले प्रस्ताव गरेको छ । आगामी दिनमा हुन सक्ने बाढी प्रभावितका लागि उद्धार गर्न विपद् व्यवस्थापन रिसर्च सेन्टर स्थापना गर्न समेत नगरपालिकाले प्रस्ताव गरेको छ ।
प्रतिक्रिया 4