+
+
Shares

रास्वपा सांसद बोहराले भने– रसुवा बाढीका पीडितलाई सरकारले के गर्छ ? हेर्न बाँकी छ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद दीपकराज बोहराले प्रतिनिधिसभामा भोटेकोशी बाढीपछि पीडितका परिवारसम्म सरकार नपुगेको भन्दै सरकारको भूमिकाबारे प्रश्न उठाए।
  • उनले सरकारी तथ्यांक उद्धृत गर्दै रसुवा बाढीमा ५ हजार १३० जना अझै बेपत्ता रहेको र कञ्चनपुरमा २६ तथा आफ्नो निर्वाचन क्षेत्रबाट १४ जना बेपत्ता रहेको बताए।
  • बोहराले शुक्लाफाँटा–३ जोनापुरकी सुनिता डंगौराको उदाहरण दिँदै उनका छोरा अभिषेक डंगौरा लाङटाङ हाइड्रोमा बेपत्ता भएको र परिवार औषधि तथा दैनिक छाकको समस्यामा रहेको सुनाए।

३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपकराज बोहराले भोटेकोशी नदीमा आएका बाढीपछिका पीडितहरूलाई सरकारले के गर्छ भन्ने हेर्न बाँकी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले कञ्चनपुरको शुक्लाफाँटा–३ जोनापुरमा सुनिता डंगौराको उदाहरण दिँदै यस्तो अवस्थामा सरकारले के गर्छ भन्ने हेर्न बाँकी रहेको बताए ।

उनका अनुसार, सुनिताका छोरा अभिषेक भोटेकोशी बाढीपछि लाङटाङ हाइड्रोमा बेपत्ता छन् । तर, उनको परिवारमा बिहान बेलुकी छाक कसरी टार्ने र आमालाई औषधि किनिदिने मान्छे समेत नभएको सांसद बोहराले सुनाए ।

यस्तो अवस्थामा धेरैजसो सर्वसाधरणको घरमा सरकार नपुगेको भन्दै चिन्ता व्यक्त गरे ।

सांसद बोहराले बैठकमा धारणा राख्दै भनेका छन्–

सरकारी तथ्यांक अनुसार ५ हजार १३० जना अझै रसुवा बाढीमा बेपत्ता छन् । मेरो जिल्ला कञ्चनपुरको कुरा गर्ने हो भने २६ जना र मेरो निर्वाचन क्षेत्रबाट १४ जना बेपत्ता छन् । म मेरो निर्वाचन क्षेत्रमा पछिल्लो केही दिन रहेँ, प्रत्येक घरमा पुग्ने प्रयास गरेँ । बाढीपीडितकोमा केही प्रहरी छन्, केही आर्मी छन् । सेनाका प्रहरीका मान्छेलाई उनीहरूको संगठनले भनेको छ, हामी छौं । हामी साथ दिन्छौं । परिवारको जिम्मा लिन्छौं । तर सिभिलियनको कुरा गर्ने हो भने कहीँ पनि कोही पुगेका छैनन् । प्रशासनको मान्छे भन्छ– पालिकाका मान्छे पुगेका होलान्, नगर प्रमुख पुगेका होलान् । नगर प्रमुख भन्छन्– सरकार आउँछ । कोही पनि छैन ।

म एउटा उदाहरण भन्छु, शुक्लाफाँटा–३ जोनापुरमा सुनिता डंगौरा । जसको दुवै मिर्गौला फेल भएको छ । उहाँको छोरा अभिषेक डंगौरा लाङटाङ हाइड्रोमा बेपत्ता छन् । औषधि किनिदिने मान्छे छैनन्, बिहान बेलुका छाक कसरी टार्ने भन्ने चिज छैन । यो एउटा प्रतिनिधि घटना मात्रै हो । सरकारले के गर्छ कहाँ जान्छ, के भन्छ, भन्ने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?