+
+
Shares

दयाहाङ र मिरुना अभिनित ‘रातो घेरा’ को छायांकन सकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दयाहाङ राई र मिरुना मगर अभिनीत नेपाली फिल्म ‘रातो घेरा ः द रेड सर्कल’को काठमाडौंको मण्डला थिएटरमा छायांकन सम्पन्न भएको छ।
  • अनिल बुढामगर निर्देशित फिल्म सत्य घटनामा आधारित रहेको जनाइएको छ।
  • फिल्म आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

काठमाडौं । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर स्टारर नेपाली फिल्म ‘रातो घेरा ः द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ । यसको इन्ड-क्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो ।

अनिल बुढामगरको निर्देशनमा तयार भएको फिल्म सत्य घटनामा आधारित रहेको जनाइएको छ । सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गरिएको फिल्मले मानवीय सम्बन्धका विविध पाटोलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरसँगै सुनिल पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डीबी गुरुङ, बलबहादुर गुरुङ, इंगी होपो कोंइच सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुनमगर, सुस्मिता कुवँर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, विजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवाससिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङको अभिनय छ ।

फिल्ममा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ, सरुन शेरचन निर्माताको रुपमा छन् भने सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा छन् । निर्माण पक्षले विषयवस्तु र निर्माण शैली दुवै हिसाबले फिल्मलाई नेपाली सिनेमामा फरक स्वाद दिने गरी प्रस्तुत गर्ने लक्ष्य लिएको जनाएको छ ।

पटकथा राजु स्याङताङले लेखेका हुन् भने शिशिर बिशंखेले छायांकन गरेका छन् । मनोज थापामगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत छ ।

फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ । निर्माण पक्षका अनुसार ‘रातो घेरा- द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?