News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर नयाँ नेपाली चलचित्र ‘रातो घेरा’ मा पुनः एकसाथ देखिने भएका छन् ।
- अनिल बुढामगरले निर्देशन गर्ने विश्राम फिल्मस् प्रालिको यस चलचित्रको छायांकन आगामी सातादेखि शुरू हुने जानकारी दिइएको छ ।
- निर्माता जीवन गुरुङ रहेको यस चलचित्रको वितरण काफिया फिल्म्सले गर्नेछ भने कथा सामाजिक तथा भावनात्मक पक्षमा आधारित रहनेछ ।
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । ‘कबड्डी’ र ‘जारी’ जस्ता व्यवसायिक सफल फिल्ममार्फत दर्शकको मन जितेको यो जोडीलाई आगामी फिल्म ‘रातो घेरा’ मा देख्न पाइने भएको हो ।
शीतल निवासमा राष्ट्रपतिबाट सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरेको एक दिनपछि निर्माताले मिरुनालाई लिएर यो फिल्मको घोषणा गरेका हुन् ।
विश्राम फिल्मस् प्रालिको निर्माणमा बन्न लागेको यो फिल्मलाई अनिल बुढामगरले निर्देशन गर्ने छन् । निर्माण टिमका अनुसार फिल्मको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ ।
पछिल्लो समय ‘जारी २’मा यी दुईजना एकसाथ देखिएका थिए । फिल्मका अन्य कलाकार र प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गरिने पनि जनाइएको छ ।
फिल्मलाई काफिया फिल्म्सले वितरण गर्नेछ । निर्देशक गोविन्द शाहीका अनुसार यो फिल्मलाई केही श्रृंखलामा बनाउन लागिएको हो । यसको छायांकन अर्को सातादेखि सुरु हुने जनाइएको छ ।
फिल्म ‘रातो घेरा’लाई जीवन गुरुङ, कविता गुरुङ,भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्।
प्रतिक्रिया 4