+
+
Shares

प्रधानमन्त्री बालेन तीन दिन बस्नेछन् चितवनको लटौली सेन्चुरी रिसोर्टमा

प्रधानमन्त्री शाह कालिका नगरपालिका-९ शक्तिखोरमा हालै मात्रै निर्माण सकेर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित आइतबार चितवन आइपुगेका छन्।
  • प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङसहितका नेताहरू कालिका नगरपालिकास्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको छ ।
  • सुरक्षाका लागि रिसोर्टका सबै सीसीक्यामेरा बन्द गरी ६ असारदेखि चार दिनका लागि १६ वटा कोठा बुकिङ गरिएको छ ।

७ असार, चितवन । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाविधेशनमा भाग लिन आइतबार चितवन आएका छन् । उनी महाधिवेशनको उद्घाटन, बन्दसत्रमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आएका हुन् ।

प्रधानमन्त्री शाह कालिका नगरपालिका-९ शक्तिखोरमा हालै मात्रै निर्माण सकेर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् ।

रिसोर्ट ६ असारदेखि ४ दिनका लागि बुकिङ गरिएको छ ।

‘रिसोर्टका १६ वटा कोठा नै ६ असारदेखि बुक गरिएको छ, कसैलाई पनि भित्र जान दिइएको छैन,’ रिर्सोट स्रोतले भन्यो, ‘१३ वटा कोठामा पाहुना हुनेछन्, बाँकी ३ कोठा आवश्यकता अनुसार प्रयोग गर्ने भनिएको छ ।’

रिसोर्टमा शनिबार नै सुरक्षाकर्मीहरू पुगेर चेकजाँच गरेका थिए । नेपाली सेना र प्रहरीको टोली नै रिसोर्टमा शनिबारदेखि परिचालन गरिएको छ ।

रास्वपा महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर उत्तरपूर्वमा यो रिसोर्ट अवस्थित छ ।

चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र सिद्धी जाने सडकको चोकमा यो रिसोर्ट पर्दछ ।

रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू बस्ने जनाइएको छ ।

रिसोर्टका ३ वटा भीभीआईपी रुम तयार गरिएको छ । प्रधानमन्त्री शाह आउने भएपछि रिसोर्टका अधिकांश कर्मचारीलाई बिदा दिइएको छ । सीमित कर्मचारीहरू मात्रै राखेर सेवा दिन भनिएको छ । किचनमा दुई जना, हाउस किपिङमा दुई जना अन्य केही कर्मचारीहरू मात्रै राखिएका छन् । अरूलाई चार दिनसम्मका लागि बिदा दिइएको छ ।

रिसोर्टका सबै सीसीक्यामेराहरू बन्द गरिएका छन् । स्टार्फहरूलाई पनि फोटो खिच्न, मोबाइल लैजान रोक लगाइएको छ । आर्कषक डिजाइनमा तयार गरिएको यो रिसोर्ट पछिल्लो समयमा निकै चर्चामा छ । रिसोर्टका भिल्लाहरू नजिकै आर्कषक स्विमिङ पुल छ ।

लटौलीका साथै सोही कम्पनीले सञ्चालन गरेको भ्युरानकोट रिर्सोटका १४ कोठा पनि चार दिनका लागि प्रधानमन्त्रीको टिमले बुक गरेको छ ।

लटौली सेन्चुरी रिर्सोटभन्दा करिब ४ सय मिटरमाथि भ्युरानकोट रिसोर्ट छ । लटौलीको जस्तो सुविधा सम्पन्न नभए पनि कटेज टाइपका रुम र टेन्टेट बनाएर राख्ने गरिन्छ ।

स्थानीय ज्ञानेन्द्र खड्काले निर्माण गरेको यी दुवै रिसोर्ट सञ्चालन गर्दै आएका छन् । रास्वपा महामन्त्री भुपदेव शाह पनि केही दिन अगाडि यहीँ रिसोर्टमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?