News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय अभिनेत्री तथा मोडल शर्लिन चोपडाले काठमाडौंको पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवको पूजाआजा र दर्शन गरिन् ।
- पशुपतिनाथ दर्शनपछि उनले, ‘काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भगवान् शिवको आशीर्वाद प्राप्त गर्न पाउँदा धन्य महसुस गरिरहेकी छु’ भनिन् ।
- हिन्दी तथा तेलुगु फिल्ममा अभिनय गरेकी चोपडा सन् २०१२ मा अमेरिकी पत्रिका प्लेबोयमा फोटोसुट गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएकी थिइन् ।
काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल शर्लिन चोपडा यतिबेला काठमाडौं घुमघाममा छिन् । नेपाल भ्रमणका क्रममा उनले पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवको दर्शन तथा पूजा गरेकी छन् ।
शर्लिनले सामाजिक संजालमा पशुपतिनाथ दर्शनका फोटो सार्वजनिक गर्दै लेखेकी छन्, ‘काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भगवान् शिवको आशीर्वाद प्राप्त गर्न पाउँदा धन्य महसुस गरिरहेकी छु ।’
सार्वजनिक तस्वीरमा निधारमा रातो टीका लगाएकी शर्लिन रुद्राक्षको माला लगाएर पशुपतिनाथ परिसरमा देखिएकी छन् । मन्दिर परिसरका विभिन्न स्थानमा पुगेर तस्वीर खिचाएकी छन् ।
हैदराबादमा जन्मिएकी शर्लिन भारतीय मनोरञ्जन क्षेत्रमा चर्चित नाम हुन् । उनले हिन्दी र तेलुगु भाषाका विभिन्न फिल्ममा अभिनय गरेकी छन् ।

‘रेड स्वस्तिक’, ‘गेम’, ‘दिल बोले हडिप्पा’ लगायतका फिल्ममार्फत चर्चा कमाएकी उनी मोडलिङ, टेलिभिजन प्रस्तुति तथा डिजिटल सामग्री निर्माणमा पनि सक्रिय छिन् । सन् २०१२ मा अमेरिकी पत्रिका प्लेबोयका लागि फोटोसुट गरेपछि उनी अन्तर्राष्ट्रिय रूपमा समेत चर्चामा आएकी थिइन् ।
पछिल्ला वर्षमा सामाजिक सञ्जाल, रियालिटी शो तथा विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय रहँदै आएकी शर्लिनको पशुपतिनाथ दर्शनसम्बन्धी पोस्टमा उनका प्रशंसकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4