+
+
Shares

कार्ययोजनाले सेयर बजारमा बढायो उत्साह, कारोबार २ महिनाकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सार्वजनिक गरेको पूँजी बजार सुधार कार्ययोजनापछि बुधबार नेप्से ४८.५७ अंक बढेर २६३३ मा पुगेको छ।
  • आज सेयर कारोबार ८ अर्ब २९ करोड पुगेको छ, जुन चैतयताकै उच्च हो।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर आधा घटाउनेसहित बजार सुधारको कार्ययोजना अघिल्लो दिन सार्वजनिक गर्नुभएको थियो।

३० भदौ, काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । यस दिन बजार परिसूचक नेप्से ४८.५७ अंक (१.८७ प्रतिशत) बढेको छ ।

यो वृद्धिपछि नेप्से परिसूचक २६३३ अंकमा कायम भएको छ । नेप्सेको आजको अंक भदाै १ यताकै उच्च हो । अघिल्लो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरेका छन् । जसले गर्दा बुधबार कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिल्यो ।

कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि सम्हालिँदै १२ : ५४ बजे २६११ अंकमा आएको थियो । करिब १ बजेपछि अन्तिम समयसम्म बजारले फेरि वृद्धिको लय समात्यो ।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । आज ८ अर्ब २९ करोडको कारोबार भयो । जबकि अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम २ महिना (असार ३० यता)कै उच्च हो ।

सबै समूहगत सूचक बढेका छन् । बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशत बढे ।

आज २६५ कम्पनीको मूल्य बढ्दा १२ को घटेको छ भने एउटाको स्थिर रह्यो । धौलागिरि लघुवित्तको १४.९६, सिन्धु विकास बैंकको ११.०३, मल्टिपर्पस फाइनान्सको ९.७३, जानाकी फाइनान्सको ८.०६, मिडसोलु हाइड्रोपावरको ६.६७ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै बोटलर्स नेपाल बालाजुको २.९७, रिलायन्स स्पिनिङ मिल्सको १.९४, सर्वोत्तम पेन्टसको १.६६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?