३० भदौ, काठमाडौं । भारतमा भर्खरै सकिएको ब्रिक्स देशहरूको शिखर सम्मेलनको रात्रिभोजमा शाकाहारी खानालाई लिएर उठेको विवादमा योग गुरु रामदेवको समेत प्रवेश भएको छ । मंगलबार रामदेवले पनि यसविषयमा मुख खोल्दै प्रतिक्रिया दिएका छन् ।
‘दुनियाँ पहिले मांसाहारी भोजनबाट शाकाहारी भोजनतर्फ अघि बढ्यो, र अब दुनियाँ भिगन जीवनशैलीतर्फ अघि बढिरहेको छ,’ रामदेवले न्युज एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘मलाई लाग्छ– यसमा प्रश्न उठाउने मानिसहरू बौद्धिक रूपमा टाट पल्टिएका छन् ।’
यद्यपि, के खाने भन्ने कुरा हरेक व्यक्तिको आफ्नो इच्छा हुने बताएका छन् । ‘तर विज्ञान र स्वास्थ्यको नजरले शाकाहारी भोजन फाइदाजनक छ र भिगन भोजन त्योभन्दा पनि राम्रो छ । त्यसैले यो मुद्दालाई धर्मसँग जोडेर हेर्नु हुँदैन’, रामदेवले अगाडि भनेका छन् ।
भारत मण्डपमा पाहुनालाई भारतीय प्रधानमन्त्री मोदीले रात्रिभोज दिएका थिए ।
उक्त भोजमा विभिन्न शाकाहारी व्यञ्जनहरू पस्किएको थियो । जसमा पनीर लबाबदार पनिर, गुच्छी मार्मिक, क्यारोट बिन पोरियल, ठक्कली बेले सारू, मिलेट पुलाव र बिट रूट राइता जस्ता व्यञ्जन थिए ।
यसपछि कांग्रेस सांसद तथा लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा ८० प्रतिशत भारतीय मांसाहारी रहेको बताउँदै त्यसको आलोचना गरेका थिए ।
त्यसपछि भारतीय राजनीतिक वृत्तमा त्यसको व्यापक चर्चा भइरहेको छ ।
प्रतिक्रिया 4