+
+
Shares

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यतालिका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त समितिको बैठक बस्दैछ ।
  • अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ बारे छलफल हुनेछ ।

३१ भदौ, काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यतालिका छ ।

आज बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यसैगरी आज बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । मंगलबारको समितिको बैठक शिक्षामन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो । बैठकमा शिक्षामन्त्री, मन्त्रालयका सचिव लगायतलाई छलफलको लागि समितिले बोलाएको छ ।

यसैगरी आज बिहान सवा ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्व सभापतिसँग छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?