+
+
Shares

आमालाई ६ महिना, बाबुलाई ४२ दिन सुत्केरी बिदा प्रस्ताव

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा मन्त्रालय छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना पुर्‍याउने र बाबुको बिदा १५ दिनबाट ४२ दिन पुर्‍याउने प्रस्ताव गरेको छ।
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ।
  • मन्त्रालयले विधेयक मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारी गरेको छ र तलबसहितको प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा प्रस्ताव गरेको छ।

३१ भदौ, काठमाडौं । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ ।

हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्‍याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्‍याउन प्रस्ताव गरिएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा मन्त्रालय छ ।

उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।

‘सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो,’ मन्त्री गौतमले भनिन् ।

व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको सन्दर्भमा यस्तो प्रस्ताव दगरिएको मन्त्रालयले जनाएको छ ।

‘जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो,’ मन्त्री गौत्तमले भनिन् ।

बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएर साझा दायित्व भएको उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?