+
+
Shares

झापामा जंगली हात्ती मृत फेला

रासस रासस
२०८३ भदौ ३१ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेचीनगर नगरपालिका-३ तेलपानीस्थित धानबारीमा आज बिहान एउटा बयस्क जंगली हात्ती मृत फेला परेको छ।
  • डिभिजन वन कार्यालयले हात्ती मरेको घटनास्थलतर्फ टोली पठाएको र मृत्युको कारण थाहा नभएको जनाएको छ।
  • वन कार्यालयको तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा झापाका विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत भेटिएका छन्।

३१ भदौ, झापा । मेचीनगर नगरपालिका-३ तेलपानीस्थित धानबारीमा जंगली हात्ती आज बिहान मृत फेला परेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए ।

स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए ।

मेचीनगरको वडा नं २, ३, ४ र ५ मा लामो समयदेखि जंगली हात्तीले मानवीय तथा किसानको खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ ।

झापामा मेची नदी पार गरेर भारतीय जंगलबाट ठूलो सङ्ख्यामा जंगली हात्ती चरणका लागि आउने गरेका छन् भने स्थानीय जंगलमा बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरूमा बढेको छ ।

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा झापाको विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत भेटिएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?