+
+
Shares

साढे ९ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १०:५४

३१ भदौ, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो।

चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेका थिए। मोटरसाइकलको ट्यांकीबाट २१ वटा पोकामा राखिएको करिब ९ किलो ५ सय ग्राम चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीलाई बरामद चरेश र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?