+
+
Shares

कांग्रेस महाधिवेशनमा ९ हजार बढी निर्वाचन र मतदान अधिकृत खटिने

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नौ हजारभन्दा बढी निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ९ हजार ९४ निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन्।
  • केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले केन्द्र र सात प्रदेशमा २१ जना निर्वाचन अधिकृत र मतदान अधिकृत खटिने बताए।
  • समितिका अनुसार ७७ जिल्ला, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र ७५३ पालिकामा पनि अधिकृत खटाइनेछन्।

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नौ हजारभन्दा बढी निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर नौ हजार ९४ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने जनाएको हो ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रमा तीन जना र सात प्रदेशमा पनि  तीन जनाका दरले २१ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने छन् ।

यस्तै ७७ जिल्ला, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, ७५३ पालिका र ६ हजार ७४३ जना र अन्य एक हजार जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?