३१ भदौ, खोटाङ । खोटाङमा प्रहरीले बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले २२ साउनमा बरामद गरेको एक हजार ३०२ किलो २२ ग्राम गाँजा बुधबार नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतका अनुसार सो गाँजा खोटाङ जिल्ला अदालत परिसरमा जलाएर नष्ट गरिएको छ ।
२२ साउनमा धनकुटाबाट भोजपुर हुँदै खोटाङ पुगेको प्र. १–०२–००२ ख ००८३ नम्बरको ट्रकबाट उक्त गाँजा बरामद गरिएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा लुकाएर राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4