+
+
Shares

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ८:४०
फाइल तस्वीर

१ असोज, डोटी । डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान पुर्वीचौकी गाउँपालिका-२ मा दुई छुट्टाछुट्टै स्थानमा भालुले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् ।

कालीका आधारभूत विद्यालय, भारतोलीमा शिक्षक २५ वर्षीय हरिप्रसाद चौधरीलाई आक्रमण गरी घाइते वनाएको छ । अन्दाजी साढे ६ बजेतिर बाटोमा हिँडिरहेकै बेला आक्रमणमा परेका उनको पेटमा चोट लागेको भारतोली माध्यमिक विद्यालयका शिक्षक भीमबहादुर वलीले जानकारी दिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

यस्तै, सोही वडाको वाडीका अन्दाजी ६३ वर्षीया दानबहादुर ओलीलाई पनि सोमबार बिहानै आक्रमण गरेको थियो ।  जङ्गली जनावरबाट बालीनालीको रेखदेख गर्न खेतमा बनाइएको पहरामा श्रीमतीसहित रातभर कुरेका ओलीलाई घर फर्कने क्रममा बिहान करिब साढे ५ बजेतिर भालुले आक्रमण गरेको थियो। उनको पेटमा र दायाँ खुट्टामा गम्भीर चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?