+
+
Shares

रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद बोधनारायण श्रेष्ठले रसुवा बाढीले पुरिएका निजी घर, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था र मठमन्दिर उत्खननको योजना बनाउन माग गरे ।
  • उनले प्रतिनिधिसभामा गृह मन्त्रालय र विपद् प्राधिकरणबाट सबै जिल्लामा एकैचोटि सञ्चालन हुने कम्प्रिहेन्सिभ प्लान बनाउन आग्रह गरे ।
  • श्रेष्ठले त्रिशूलीबाट आफन्तका फोनमा घरभित्र शव रहेको भन्दै तत्काल उत्खनन गर्नुपर्ने माग आएको बताए ।

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग राखेका हुन् ।

‘मलाई त्रिशूलीबाट नातेदारहरूले फोन गरेर हाम्रो परिवारको लास यही घरभित्र छ । हामीलाई तुरुन्तै उत्खनन गरिदिनुपर्यो भन्ने मागहरू धेरै आएको छ,’ सांसद श्रेष्ठले भने ।

अहिले सर्च एन्ड रेक्युका कामहरू चलिरहेको तर अहिले घटेको भन्दै उनले अब केही नीति परिवर्तन गर्नुपर्ने सुझाए ।

नीजि घरहरूको उत्खनन गर्नुपर्ने, सार्वजनिक भवन विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवनहरू उत्खनन गर्नुपर्ने, पुरातात्विक भवनहरू मठ मन्दिरको, धार्मिक स्थलहरूको उत्खनन गर्नुपर्ने, वित्तीय संस्थाहरूको भवनको उत्खनन गर्नुपर्ने देखिएको उनले बताए ।

उनले भनेका छन, ‘यो काम गर्नका लागि गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अलग्यै एउटा कम्प्रिहेन्सिभ प्लान बनाएर यो सबै क्षेत्रको उत्खनन् सबै जिल्लाहरूमा एकै चोटी सञ्चालन गर्न म माग गर्दछु ।’

यो विषयमा सरकार र निजी क्षेत्रकाो समेत सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?