+
+
Shares

प्रधानमन्त्री राहत कोषमा गरेको भुक्तानी करदाता प्रोत्साहन उपहारमा अयोग्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ हजार सहयोग गरेका व्यक्ति करदाता प्रोत्साहन उपहारमा १ लाख विजेता बनेपछि आन्तरिक राजस्व विभागलाई प्राविधिक कठिनाइ भएको छ ।
  • विभागका अनुसार वस्तु तथा सेवा खरीद गरी बिल लिएको अवस्थामा मात्र कार्यक्रममा सहभागी हुन पाइन्छ, तर कोषमा गरिएको भुक्तानी त्यसअन्तर्गत पर्दैन ।
  • निर्देशक केशव रघुवंशीले ‘सामान्यतया कोषमा गरेको भुक्तानी यस चिट्टामा सहभागी नहुनुपर्ने हो, यो एक प्राविधिक सिकाई पनि भयो, यसलाई हामी सच्याउँछौं’ भने ।

१ असोज, काठमाडौं । करदाता प्रोत्साहन उपहार घोषणामा प्रधानमन्त्री राहत कोषको भुक्तानी गरेका व्यक्ति विजेता बनेसँगै आन्तरिक राजस्व विभागलाई प्राविधिक कठिनाइ उत्पन्न भएको छ ।

विभागले यो कार्यक्रम सञ्चालन गर्न एक कार्यविधि बनाएको छ । सो कार्यविधि अनुसार वस्तु तथा सेवा खरीद गरेको र बिल लिएको अवस्थामा मात्र उक्त कार्यक्रममा सहभागी हुन पाइन्छ ।

तर, १० भदौको बाढीपछि सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ हजार सहयोग गरेका व्यक्ति चिठ्ठा मार्फत १ लाख विजेताका रुपमा छनोट भएका छन् ।

विभागका निर्देशक केशव रघुवंशीका अनुसार कोषमा गरेको भुक्तानी वस्तु तथा सेवा खरिद गरेवापतको होइन, त्यसकारण यो करदाता प्रोत्साहन अन्तर्गत पर्दैन ।

‘सामान्यतया कोषमा गरेको भुक्तानी यस चिट्टामा सहभागी नहुनुपर्ने हो, यो एक प्राविधिक सिकाई पनि भयो, यसलाई हामी सच्याउँछौं, उनले भने, ‘परिसकेको चिठ्ठाको हकमा के हुने भन्ने निर्णय हामी अर्थ मन्त्रालयको राय लिएर गर्छौं ।’

सरकारले चालु आर्थिक वर्षको सुरुवातबाटै बिल दिने र दिने प्रवृत्तिलाई प्रोत्साहन गर्न भन्दै यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यसमा सरकारी भुक्तानी उपहारका लागि योग्य हुँदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?