+
+
Shares

धनुषाको १२ पालिकाका खाता अझै सञ्चालनमा आएनन्

आर्थिक वर्ष २०८३/०८४ का दुई महिना बित्दासमेत धनुषाको १२ वटा पालिकाको आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १५:४३

१ असोज, जनकपुरधाम । आर्थिक वर्ष २०८३/०८४ का दुई महिना बित्दासमेत धनुषाको १२ वटा पालिकाको आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन । भदौ ३१ गतेसम्म धनुषाको १८ वटा पालिकामध्ये ६ वटाको खाता सञ्चालनमा आएको छ ।

खाता सञ्चालनमा आएका पालिकाहरूमा जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाको खाता मात्र सञ्चालनमा आएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाले जनाएको छ ।

यसबाहेकका पालिकाहरू खाता सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा नआएको कार्यालयले जनाएको छ ।

खाता सञ्चालनको लागि गाउँसभ तथा नगरसभाबाट बजेट पारित, विनियोजन ऐन, अख्तियारी, स्वीकृत वार्षिक कार्यक्रम र जिन्सी निरीक्षण अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।

तर, यो प्रक्रिया अन्य पालिकाहरू अहिलेसम्म पूरा गर्न सकेको छैनन् ।

खाता सञ्चाललन हुन नसकेको नगरपालिकाहरूमा मिथिला, क्षिरेश्वरनाथ, मिथिला बिहारी, धनुषाधाम, कमला, नगराइन, हंसपुर, सबैला, सहिदनगर र विदेह नगरपालिका रहेका छन् ।

यस्तै गाउँपालिकाहरुमा बटेश्वर र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको पनि खाता सञ्चालनमा नआएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?