+
+
Shares

राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक परिमार्जनसहित सर्वसम्मतिले पारित गरी प्रतिनिधि सभामा प्रतिवेदन पेश गरेको छ ।
  • समिति सभापति हरि ढकालले विद्यालयका विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकता र अनुशासनको भावना जगाउने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो ।
  • विधेयकले आवश्यकताअनुसार जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त व्यक्तिलाई स्वयं सेवकका रूपमा राष्ट्र सेवामा खटाउन कानूनी व्यवस्था गर्ने प्रावधान राखेको छ ।

१ असोज, काठमाडौं । राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधि सभाका पेश गरिएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा समिति सभापति हरि ढकालले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।

सरकारले विद्यमान राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई समय सापेक्ष बनाई कार्यान्वयन यो विधेयक ल्याएको हो ।

विधेयकको समितिको प्रतिवेदन पेश गर्दै सभापति ढकालले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रुपमा राष्ट्र सेवामा खटाउनसक्ने गरी कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकलाई बिहीवार नै परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?