+
+
Shares

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १८:४४

१ असोज, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीय यमबहादुर महत क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ छोरीको घरतर्फ जाने क्रममा ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा चिप्लिएर खसेका थिए । घरदेखि करिब ८०० मिटर टाढा रहेको नहरमा खसेका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?