Comments Add Comment

होन्डा र टीभीएसको बिक्री बढ्यो, टाटा र फोर्ड ओर्लिए

banner-motorcycles

१६ कात्तिक, नयाँदिल्ली । होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाद्धारा उत्पादित दुई पांग्रे सवारीको बिक्री सामान्य बढेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबर महिनामा ३ लाख ७७ हजार ११२ थान होन्डाका दुई पांग्रे सवारी बिक्री भएका छन् । अघिल्लो वर्षको यसै महिनामा ३ लाख ७५ हजार ७ सय ९३ थान बिक्री भएका थिए ।

कम्पनीका अक्टोबर महिनामा मोटरसाइकलको बिक्री ५.६९ प्रतिशतले घटेको छ भने स्कुटरको बिक्री ६.०७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको अक्टोबरमा १ लाख ७२ हजार ७५ थान मोटरसाइकल बिक्री भएकोमा यस अक्टोबरमा १ लाख ६२ हजार २ सय ७०  थान बिक्री भएका छन् ।

अक्टोबरमा स्कुटर भने १ लाख ९९ हजार ४ सय ९५ थान बिक्री भएको कम्पनीले जनाएको छ । अघिल्लो अक्टोबर महिनामा स्कुटर १ लाख ८८ हजार ६९ थान बिक्री भएका थिए ।

होन्डाका दुई पांग्रे सवारीको निर्यात भने अक्टोबर महिनामा घटेको छ । अघिल्लो वर्षको अक्टोबरमा १५ हजार ६ सय ४९ थान मोटरसाइकल तथा स्कुटर निर्यात भएकोमा यस अक्टोबरमा १५ हजार ३ सय ४७ थानमात्र निर्यात भएका छन् ।

टाटा १७ प्रतिशत घट्यो

टाटा मोटर्सले अक्टोबर महिनामा गाडीको बिक्री १७ प्रतिशतले घटेको बताएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबर महिनामा ४२ हजार ८ सय १९ थान गाडी बिक्री भएका छन् । जबकी अघिल्लो वर्षको अक्टोबर महिनामा ५१ हजार ६ सय ३८ थान गाडी बिक्री भएका थिए ।

टाटाको कमर्शियल तथा प्यासेन्जर गाडीको बिक्री स्थानिय बजारमा १७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको अक्टोबरमा यस्तो गाडी स्थानिय बजारमा ४६ हजार ९ सय २६ थान बिक्री भएकोमा यस अक्टोबरमा ३८ हजार ७ सय ६० थानमात्र बिक्री भएका छन् ।

त्यसैगरि, यस महिनामा टाटा गाडीको निर्यात १४ प्रतिशतले घटेको छ । अघिल्लो अक्टोबरमा ४ हजार ७ सय १२ थान गाडी निर्यात भएकोमा यस अक्टोबरमा ४ हजार ५९ थानमात्र निर्यात भएको कम्पनीले जनाएको छ ।

टीभीएसको बिक्री बढ्यो

टिभिएस मोटर कम्पनीद्धारा उत्पादित सवारीको बिक्री अक्टोबर महिनामा २२ प्रतिशतले बढेको छ । यस महिनामा कम्पनीले २ लाख ४१ हजार ४४ थान दुई पांग्रे तथा तीन पांग्रे सवारी बिक्री गर्न सफल भएको छ ।

कम्पनीले अघिल्लो अक्टोबरमा १ लाख ९७ हजार ९ सय ५ थानमात्र सवारी बिक्री गर्न सकेको थियो ।

कम्पनीका अनुसार मोटरसाइकल तथा स्कुटरको बिक्री २२ प्रतिशतले बढेर २ लाख ३१ हजार ९ सय ९० थान पुगेको छ । अघिल्लो अक्टोबरमा मोटरसाइकल तथा स्कुटरको बिक्री १ लाख ८९ हजार ९ सय ७९ थानमात्र रहेको थियो ।

अक्टोबर महिनामा स्कुटरको बिक्री ६८ प्रतिशतले बढेर ७० हजार ५ सय ७१ थान पुगेको छ भने मोटरसाइकलको बिक्री १० प्रतिशतले बढेर ९० हजार ७ सय ७९ थान पुगेको छ ।

त्यसैगरि, तीन पांग्रे सवारीको बिक्री १४ प्रतिशतले बढेर ९ हजार ५४ थान पुगेको छ । अघिल्लो अक्टोबरमा यस्तो सवारी ७ हजार ९ सय २६ थान बिक्री भएका थिए ।

यस महिना निर्यात पनि ५१ प्रतिशतले बढेर ३४ हजार ८ सय ५५ थान पुगेको छ । जबकी अघिल्लो अक्टोबर महिनामा जम्मा २३ हजार १ सय ५४ थानमात्र सवारी निर्यात भएको थियो ।

महिन्द्रा ट्रयाक्टर घट्यो

महिन्द्रा एन्ड महिन्द्राले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबर महिनामा ट्रयाक्टरको बिक्री १६.६१ प्रतिशतले घटेको छ ।

यस अक्टोबरमा महिन्द्राले ३१ हजार ९ सय ७ थानमात्र ट्रयाक्टर बिक्री गर्न सकेको छ । अघिल्लो अक्टोबरमा ट्रयाक्टर ३८ हजार २ सय ६३ थान बिक्री गरेको कम्पनीले जनाएको छ ।

कुल बिक्री घटेपनि महिन्द्रा ट्रयाक्टरको निर्यात भने अक्टोबरमा ५१.४३ प्रतिशतले बढेको छ । अघिल्लो अक्टोबरमा ७३१ थान ट्रयाक्टर निर्यात भएकोमा यस अक्टोबरमा १ हजार १ सय ७ थान निर्यात भएका छन् ।

फोर्ड २२ प्रतिशतले ओर्लियो

यस अक्टोबरमा फोर्ड इन्डियाद्धारा उत्पादित गाडीको  २२.१२ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । अघिल्लो अक्टोबरमा १४ हजार ९ सय ३५ थान फोर्ड गाडी बिक्री भएकोमा यस अक्टोबरमा जम्मा ११ हजार ६ सय ३० थान मात्र गाडी बिक्री भएका छन् ।

फोर्ड गाडीको बिक्री आन्तरिक बजारमा २६.६२ प्रतिशतले घटेको छ भने निर्यात १४.९८ प्रतिशतले घटेको छ । कम्पनीका अनुसार आन्तरिक बजारमा ६ हजार ७ सय २३ थान फोर्ड गाडी बिक्री भएका छन भने ४ हजार ९ सय ७ थान निर्यात भएका छन् ।

होन्डा कारको बिक्री बढ्यो

होन्डा कार इन्डियाका अनुसार अक्टोबर महिनामा होन्डा गाडीको आन्तरिक बिक्री १८.८ प्रतिशतले बढेको छ ।

कम्पनीका अनुसार अक्टोबरमा होन्डा कारको आन्तरिक बिक्री १३ हाजर २ सय ४२ थान पुगेको छ । अघिल्लो अक्टोबरमा यस्तो बिक्री जम्मा ११ हजार २ सय १४ थान रहेको थियो ।

कम्पनीका अनुसार पछिल्लो महिना बि्रयो कार १ हजार ५ सय ८४ थान, होन्डा अमेज ३ हजार ४ सय ८२ थान, मोबिलियो २ हजार ९ सय ८५ थान र होन्डा सिटी ५ हजार १ सय २० थान बिक्री भएका छन् ।

कम्पनीले ७१ थान स्पोर्टस युटिलिटि भेहिकल सिआरभी गाडी बिक्री गर्न सफल भएको छ । यस महिना कम्पनीले ३ सय ५७ थान गाडी निर्यात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment