+
+
Shares

१००० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले आजदेखि साविककै आकार र बैजनी घेराभित्र फिक्का हरियो रङको १ हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
  • नोटको अग्रभागमा सगरमाथा, लालीगुराँस र १००० अंकित पानी छाप तथा मध्य भागमा राम र लक्ष्मणको चित्र राखिएको छ।
  • नयाँ नोटको सिरिज २०२५ र संकेत नम्बर ९२०००००१ देखि ५०९९९९९९ सम्म रहने राष्ट्र बैंकले जनाएको छ।

८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नेपाल राष्ट्र बेंक मुद्रा व्यवस्थापन विभागका अनुसार बिहीबारदेखि एक हजार दरका नयाँ नोट प्रचलनमा ल्याउन लागिएको हो ।

एक हजार दरको साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो नोट चलनचल्ती ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र सोको मुनि १००० अंकित पानी छाप रहेको छ ।

नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तिहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको छ ।

चलनचल्तीमा ल्याइने एक हजारको नयाँ नोटको सिरिज २०२५ र संकेत नम्बर९२०००००१ देखि ५०९९९९९९ रहेको छ ।

यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?