८ असोज, गुल्मी । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार आज र भोलि गाउँपालिकाअन्तर्गतका शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
मौसम पूर्वानुमान महाशाखाले आजदेखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम हुन सक्ने भएकाले गाउँपालिकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको छ।
गाउँपालिकाले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4