+
+
Shares

वर्षा रोकियो, टल्किए हिमाल (तस्वीरहरू)

आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो । साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए ।

शंकर गिरी शंकर गिरी
२०८३ असोज ११ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चार दिनदेखि परेको अविरल वर्षा आइतबारदेखि कम भएकाले सर्वसाधरण नियमित काममा फर्कन थालेका छन् ।
  • काठमाडौं उपत्यकाको मौसम आइतबार दिउँसो खुल्दै गएको र साँझ वरपरका हिमालहरू प्रष्ट देखिएको थियो ।
  • मौसमविद् सञ्जीव अधिकारीले न्यूनचापीय प्रणाली कमजोर भएकाले आज पनि केही वर्षाका गतिविधि हुने बताए ।

११ असोज, काठमाडौं । चार दिनदेखि लगातार परेको अविरल वर्षा आइतबारबाट कम भएको छ । वर्षा कम भएसँगै सर्वसाधरणहरू नियमित काममा सहजै फर्कन थालेका छन् ।

आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो ।

साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा मात्रै वर्षाको गतिविधि केन्द्रित भएको हो ।

काठमाडौं लगायत बागमतीका क्षेत्रमा पनि मनसुन कमजोर भएको छ ।

न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि गएराति नेपालको मध्य भूभागतर्फ केन्द्रित भएको थियो ।

अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भइसकेको र त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले आज पनि वर्षाका केही गतिविधि हुने उनले बताए ।

काठमाडौं उपत्यकाबाट देखिएका हिमालका केही तस्वीरहरू–

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?