चोरी भएको घर ।
News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य बिनोद लुहारसहित वडा सदस्य महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी चोरीको आरोपमा पक्राउ परेका छन्।
- प्रहरीका अनुसार एक महिना अघि दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो।
- जिल्ला प्रहरी कार्यालय बैतडीले सोही चोरीमा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
१२ असोज, बैतडी । बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् ।
दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।
कार्यपालिका सदस्य वडा सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो ।
सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4