+
+
Shares

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १५:५४

१६ असोज, काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत भएका थिए ।

एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?