+
+
Shares

राष्ट्रिय सभाको शून्य समयमा कुन सांसदले के विषयमा गराए ध्यानाकर्षण ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १६:४७

१६ असोज, काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले देशभर अविरल वर्षाका कारण क्षतिग्रस्त सडक, पुल र जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूले दशैं र तिहारजस्तो महान् चाडबाडको मुखमा यातायात सेवा अवरुद्ध हुँदा जनताले भोग्नुपरेको सास्तीबारे सरकारको जवाफ माग गरेका हुन् ।

शुक्रबारको बैठकमा सांसदहरूले भोटेकोशी र महाकाली नदीमा आएको बाढीले पारेको असरका साथै देशका विभिन्न भागमा सडक पूर्वाधार बिग्रिएको विषयलाई प्रमुखताका साथ उठाएका छन् ।

सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशीको बाढीले बगाएका कन्टेनर र मुस्ताङको कोरला नाकामा अड्किएका मालवाहक सवारी साधनबारे सरकारको ध्यानाकर्षण गराउँदै बाटो मर्मत गरी व्यापारीहरूलाई राहत दिन माग गरिन् ।

त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनीमा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा ५० हजारभन्दा बढी नागरिक आवतजावतबाट वञ्चित भएको भन्दै सांसद जगतबहादुर पार्कीले तत्काल पुनर्निर्माण गर्न माग गरिन् ।

पूर्वाधारका विषयमा बोल्दै सांसद नरबहादुर विष्टले सात वर्षदेखि बड्डीचौर–खोलीघाँटे सडक अलपत्र परेको भन्दै ठेकेदारको लापरबाही र चाडपर्वमा सडक सञ्जाल अवरुद्ध हुनुको कारणबारे सरकारसँग स्पष्ट जवाफ माग गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोरका पुल र किसानको धानबालीमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई क्षतिपूर्ति प्याकेजको व्यवस्था गर्न आग्रह गरिन् ।

बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सांसद मदनकुमारी शाहले आपत्ति जनाइन् । उनले भारतको भूमि नेपालमा पनि मिचेको छ भनी प्रधानमन्त्री बालेन शाहले दिएको भनाइ असत्य र राष्ट्रिय स्वाभिमानको विपक्षमा रहेको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरिन् ।

सांसद सुरेशकुमार आले मगरले राष्ट्रिय सभाको कार्यसूचीमा नेपाल संवत् लेख्दा तिथि र महिनासमेत समावेश गर्नुपर्ने माग गरे । उनले समेत चाडबाडलाई मध्यनजर गर्दै भत्किएका सडकहरू द्रुत गतिमा मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?