१६ असोज, काठमाडौं । नेसनल मुवाँथाई एकेडेमी र द सर्कल एक्सको आयोजनामा असोज १८ गते काठमाडौंको ठमेलस्थित नोभा क्लबमा ‘ग्लाक फाइट सिरिज’ हुने भएको छ ।
प्रतियोगितामा नेपाल र भारतका साथै एमएमए, मुवाँथाई, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका गरी ३६ खेलाडीले मुवाँथाई शैलीमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
नेपाललाई कम्ब्याट स्पोर्ट्सको हब बनाउने र नेपाली खेलाडीलाई खेलबाटै जीविकोपार्जन गर्न सक्ने आधार तयार गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक म्याक्स टाइगर इनर्जी ड्रिंक रहेको छ । प्रतियोगिताका क्रममा नेपाली र्यापर व्योमाले लाइभ प्रस्तुति दिने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4