मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको विरोधमा शुक्रबार ककक्रोच जनता पार्टी(सीजेपी)ले मुम्बईको शिवाजी पार्कनजिक प्रदर्शन गरेको छ । प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित दीपकेले सम्बोधन पनि गरे ।
सम्बोधनका क्रममा दीपकेले महात्मा गान्धी, भीम राव अम्बेडकरदेखि जवाहरलाल नेहरुसम्मलाई सम्झिए ।
‘यदि गान्धी यो देशको आत्मा हुन् भने अम्बेडकर यस देशको मेरुदण्ड हुन्,’ दीपकेले भने, ‘डा. बाबासाहेब अम्बेडकर र नेहरूले हामीलाई मतदान गर्ने अधिकार दिएका हुन् ।’
प्रदर्शनमा अभिनेत्री शबाना आजमीसहित मुम्बईका विभिन्न कलाकार, अभिजित दीपके, सौरभ दास र अजिंक्य शिन्दे सहभागी भएका थिए ।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै २ अक्टोबर अर्थात् गान्धी जयन्तीका अवसरमा मुम्बईमा प्रदर्शनको आह्वान गरेको थियो ।
पार्टीका अनुसार एसआईआर प्रक्रिया र निर्वाचन प्रक्रियामा भएका भनिएका अनियमितताविरुद्ध जनचेतना फैलाउन प्रदर्शन गरिएको हो ।
यसअघि यही विषयमा शुक्रबार बिहान दिल्लीको जन्तरमन्तरमा पनि विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध मानिसहरू भेला भएका थिए ।
यद्यपि, दिल्ली प्रहरीले मुख्य जन्तरमन्तरमा प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको थियो ।
नयाँ दिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू गरिएको थियो । –बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4