+
+
Shares

आज पनि जन्तर-मन्तरमा प्रदर्शन हुँदै

एजेन्सी एजेन्सी
२०८३ असोज १७ गते ७:३८
फाइल तस्वीर

१७ असोज, काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आज पनि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा विरोध प्रदर्शनको आह्वान गरिएको छ।

अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे जन्तर–मन्तरमा भेला हुन आह्वान गरेकी छन्।

यसैबीच, ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेले यही मुद्दालाई लिएर आगामी १० अक्टोबरमा दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।

यसअघि शुक्रबार बिहान दिल्लीको जन्तर–मन्तरमा विपक्षी दल तथा वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरू भेला भएका थिए। दिल्ली प्रहरीले भने मुख्य जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको थिएन। साथै, नयाँदिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा जारी गरिएको थियो।

बीबीसीका संवाददाता दिलनवाज पाशाका अनुसार शुक्रबार जन्तर–मन्तर पुग्नुअघि नै प्रहरीले सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।

यसैबीच, सीजेपीले ज्ञानेश कुमारको राजीनामा माग्दै मुम्बईको शिवाजी पार्कमा पनि प्रदर्शन गरेको थियो।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?