१७, असोज काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा नेपाली कांग्रेसको देउवा समूहबाट १५औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएकी छन् ।
उनी कैलालीको धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
राणामाथि जेनजी आन्दोलन क्रममा बूढानीकलण्ठस्थित निवासमा सांघातिक आक्रमण भएको थियो । उनी लामो समयदेखि मुलुकबाहिर छन् ।
देउवा समूहले १४औं महाधिवेशनको विधानअनुसार १५औं महाधिवेशनको तयारी गरिरहेको छ । उक्त विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
तर, वडा अधिवेशनबाट उनलाई निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो । यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो ।
प्रतिक्रिया 4