+
+
Shares

सर्लाही–४ बाट एकै परिवारका चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि

कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १४:४३

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहको परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सर्लाही–४ को क्षेत्रीय अधिवेशनबाट उनीहरू सबै सर्वसम्मत चुनिएको बताइएको छ ।

धनकौल–२ का सिंहसँगै वीरेन्द्रप्रसाद सिंह, बेबी सिंह र सुधीरकुमार सिंहको नाम सर्लाही–४ बाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूको सूचीमा उल्लेख छ ।

वीरेन्द्र पूर्वसभापति सुरेन्द्रका सहोदर भाइ हुन् । उनी मधेश प्रदेश कार्यसमितिका उपसभापति छन् । बेबी पूर्वसभापति सुरेन्द्रकी श्रीमती र सुधीर छोरा भएको एक नेताले जानकारी दिएका छन् ।

स्रोतका अनुसार पूर्वसभापति सुरेन्द्रका दुई जना भिनाजु पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधमा चयन भएका केदारनन्दन चौधरी र रविनन्दन चौधरी सुरेन्द्रका भिनाजु हुन् ।

भ्रष्टचार मुद्दामा अदालतले दोषी ठहर गरेपछि सुरेन्द्रले २०८२ भदौ पहिलो साता जिल्ला सभापतिबाट राजीनामा दिनुपरेको थियो ।

विशेष अदालतबाट २०७१ पुस २५ मा मनुसमरा सिँचाइ आयोजना क्षेत्रका रुख कटान गर्दा सुरेन्द्रले भ्रष्टाचार गरेको ठहर भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?