+
+
Shares

२९ वर्षमा मेयर जितेका जोशीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १३:१०

१८ असोज, काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । वामपन्थी बलियो रहेको परशुराममा उनले २०७९ को स्थानीय तह निर्वाचनमा २९ वर्षकै उमेरमा मेयर जितेका हुन् ।

जोशीले ३५ वर्षमुनि युवा खुला-सुदूरपश्चिम प्रदेशतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

चीनबाट भौतिक विज्ञानमा स्नातकोत्तर गरेका जोशी अध्ययनपछि अस्ट्रिया जाने तयारीमा थिए। कोरोना महामारीका कारण अस्ट्रिया जान नपाएपछि उनी गाउँमै बसेर सामाजिक गतिविधिमा सक्रिय भए।

कांग्रेसको अघिल्लो महाधिवेशनमा परशुराम नगरपालिकाको नगर सभापति बनेका जोशी त्यसपछि स्थानीय तहको निर्वाचनमा मेयरको टिकट पाए र जिते ।

जोशीले युवाको सहभागिता, शिक्षा तथा अवसर विस्तारलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएका छन्। उनले धितोबिना शैक्षिक प्रमाणपत्रका आधारमा विद्यार्थीले कर्जा लिन सक्ने विद्यार्थी कर्जा कार्यक्रमलाई पनि जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?