+
+

राँके बजारमा आगलागी, ७ घर जले

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते ९:५७

१९ कात्तिक, इलाम । इलाम र पाँचथरको सीमानामा पर्ने राँके बजारमा आगलागी भएको छ ।

स्थानीय विष्णु सुनुवारको घरबाट सल्किएको आगोले ७ घर जलेका छन् । क्षति कम गर्न ४ घर भत्काइएको छ । प्रेम चेम्जोङ, कर्ण गुरुङ, राजेन्द्र गौतम, आचार्य स्टोर्स, नेत्र लामिछाने र सुकबहादुर तामाङका घर जलेका हुन् ।

आगो नियन्त्रणमा लिनका लागि राम देब राइ, मुक्ति आचार्य, देउमान तामाङ र माङ्देल तामाङका घर भत्काइएको छ ।

इलामबाट गएको दमकल, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणमा लिएका छन् ।

क्षतिको पूर्ण विवरण अाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?