+
+
Shares

नर्सिङ र फार्मेसी परिषद्‍मा ८ सदस्य नियुक्त, को-को भए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १२:३३

१९ असोज, काठमाडौं । नेपाल नर्सिङ परिषद् र नेपाल फार्मेसी परिषद्को रिक्त रहेको सदस्य पदमा आठ जना नियुक्त भएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई नर्सिङ परिषद्को सदस्यमा नियुक्त गरेको हो।

फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन् ।

नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई शपथ गराएकी हुन्।

नर्सिङ क्षेत्रको नियमन, मर्यादा प्रवर्द्धन तथा गुणस्तरीय सेवा सुनिश्चितताका लागि परिषद्‌मा नयाँ नेतृत्व र सदस्यहरूको आगमनले थप ऊर्जा थप्ने विश्वास लिइएको छ।

शपथ ग्रहणपछि नवनियुक्त सदस्यहरूले देशको नर्सिङ तथा मिडवाइफरी क्षेत्रको विकास र सुदृढीकरणका लागि निरन्तर प्रतिबद्ध भएर काम गर्ने बताए ।

त्यसैगरी फार्मेसी क्षेत्रको नियमन, सुरक्षित तथा गुणस्तरीय औषधि सेवा सुनिश्चितताका लागि परिषद्‌मा नयाँ सदस्यहरूको आगमनले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?