+
+
Shares

सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे छलफल गर्न मंगलबार डाकियो बैठक

चाडबाडमा काठमाडौंबाट बाहिर जाने यात्रु अग्रिम टिकट बुकिङ नखुल्दा अन्योलमा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १३:१७

१९ असोज, काठमाडौं । दसैंलाई अग्रिम टिकट बुकिङका सम्बन्धमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ ।

विभागले मंगलबार बिहान अग्रिम टिकट बुकिङबारे छलफल गर्न बैठक राखेको हो । चाडबाडमा काठमाडौंबाट बाहिर जाने यात्रु अग्रिम टिकट बुकिङ नखुल्दा अन्योलमा छन् ।

तर, केही कम्पनीको अनलाइन बुकिङ भने धमाधम भइरहेको छ । जसले गर्दा आम सर्वसाधारणमा भने अन्योल कायमै छ ।

चाडबाडमा टिकट नपाएर यात्रुले सास्ती भोग्नुपर्ने, बसपार्कमा लामो लाइन लाग्नुपर्ने बाध्यता अझै पनि हट्न सकेको छैन । विभागले मंगलबारका लागि सरोकारवालाको बैठक बोलाएको हो ।

बैठकमा प्रहरी प्रधान कार्यालय राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघलाई आमन्त्रण गरिएको छ । ्

यसपालि दसैंमा अवधिभरि १० लाखभन्दा धेरै यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?