+
+
Shares

अनिलकुमार रुंगटा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १३:२३
फाइल तस्वीर

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा उद्योगी अनिलकुमार रुंगटाले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पूर्वसंविधानसभा सदस्य समेत रहेको रुंगटाले आर्थिक रुपान्तरणको नारालाई केन्द्रमा राखेर आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बताए ।

कांग्रेसका पुराना नेता रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न छन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन उद्योग मुख्यत: स्टिल र पाइप उत्पादनमा सक्रिय छ । साथै, उनी सम्राट सिमेन्ट कम्पनीका अध्यक्ष समेत हुन् ।

विगतमा देउवा निकट मानिने रुंगटा कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् । पछि उनी गगन थापा नेतृत्वको संस्थापन पक्षमा फर्केर सक्रिय भएका थिए ।

स्टील तथा फलाम उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका रुंगटा वाणिज्यमा स्नातक हुन् । वीरगञ्जका स्थानीय बासिन्दा उनी गत फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए । यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले पर्सा–१ बाटै नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेका थिए । त्यसअघि २०७० सालको संविधानसभामा भने उनी समानुपातिक सांसद बनेका थिए ।

रुंगटा सन् २००५ देखि जगदम्बा इन्टरप्राइजेज प्रालिमा निर्देशकको रूपमा कार्यरत छन् । उनी मुख्यत: बिक्री तथा मार्केटिङ, कच्चा पदार्थको खरिद तथा उद्योग सञ्चालन सम्बन्धी कार्यमा निपुण मानिन्छन् ।

उनी सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन् । वीरगञ्ज चेम्बर अफ कमर्सका पूर्व सदस्य रहिसकेका उनी नेपाल उद्योग परिसंघका पनि सदस्य पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?