+
+
Shares

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा लगानी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १६:४८

२० असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन गरेको छ ।

बैंकले एकल लगानीमा परियोजनामा वित्तीय व्यवस्थापन गरेको हो । कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी बैंकले गर्नेछ ।

परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ । २० मेगावाट क्षमताको यस ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न तथा ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनाहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु बैंकको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धताको निरन्तरताका रूपमा रहेको बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?