+
+
Shares

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

आज यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १७:२७

२० असोज, काठमाडौं । दसैं घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ ।

आज यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो । घटस्थापना २५ असोजमा परेको छ ।

बैठकले २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनलाई भने बन्देज कायमै रहने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?