+
+
Shares

बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो, सोमबारसम्म पूर्ण सञ्चालनको अपेक्षा

पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ११:२३

२१ असोज, काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा यातायात सञ्चालनका लागि ट्र्याक खोल्ने काम सम्पन्न भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो ।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेक अन्य सबै स्थानमा पहिरो पन्छाएर ट्र्याक खोल्ने काम सकिएको छ । ती स्थानमा सडक स्तरोन्नतिको काम भने जारी छ ।

पोखरेबगरमा ग्याबियन टो–वाल निर्माण गरी माटो भर्ने काम भइरहेको छ । त्यस्तै, कुनौटामा एक्साभेटर प्रयोग गरी सडकको ट्र्याक खोल्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाँकी काम पनि तीव्र गतिमा अघि बढाइएकाले  आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?