२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश भूगोलतर्फ ३५ वर्षमुनिको युवा खुला समूहबाट समुन्द्र पोखरेलले केन्द्रीय सदस्य पदका उम्मेदवारी दिएका छन् ।
कांग्रेससँगको पारिवारिक सम्बन्धका कारण बाल्यकालदेखि राजनीतिक वातावरणमा हुर्किएका पोखरेलले जारी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन् ।
उनले केही समयअघिसम्म नेपालमा भविष्य नदेखेर विदेश जाने सोच बनाइरहेका थिए ।
२०८२ सालको युवापुस्ताको आन्दोलनका क्रममा समेत उनी सहभागी थिए ।
आन्दोलनपछि युवाको असन्तुष्टिलाई रोजगारी, शिक्षा, अवसरको कमी, भ्रष्टाचार र राजनीतिक जवाफदेहितासँग जोडेर बुझेका पोखरेलले विराटनगरमा नागरिक सचेतना अभियानसमेत चलाएका थिए ।
कांग्रेसको संगठनमा सक्रिय भएका उनी विराटनगर–४ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि हुँदै मोरङ–६ बाट युवा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
केन्द्रीय सदस्य बने युवाका समस्या नीति निर्माणमा पुर्याउने, शिक्षा र रोजगारीलाई जोड्ने, विदेश पलायन रोक्दै स्वदेशमै अवसर सिर्जना गर्ने तथा पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने उनको प्राथमिकता छ ।
प्रतिक्रिया 4