News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर जिल्ला प्रहरी कार्यालयले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारसम्बन्धी विवरण संसदीय सुनुवाइ समितिलाई बुझाएको छ।
- समितिले सुनारविरुद्ध एक महिलाले गरेको विवाहेत्तर सम्बन्ध र पटक–पटक ‘टर्चर’को उजुरीबारे तथ्य जाँच गर्ने निर्णय गरेको थियो।
- ललितपुर प्रहरीले २०७५ माघ २९ गते परेको निवेदन र फागुन १ गते भएको मिलापत्र कागजको प्रमाणित प्रतिलिपि समितिलाई पठाएको छ।
२८ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय ललितपुरले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारबारे माग गरेको विवरण संसदीय सुनुवाइ समितिलाई बुझाएको छ ।
२६ असोजमा बसेको संसद् सुनुवाइ समितिको बैठकले साउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत सुनारविरुद्ध परेका उजुरीको तथ्य जाँच गर्ने निर्णय गरेको थियो ।
त्यसदिन उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले दुई प्रमाण झिकाउने निर्णय गरेको थियो ।
एक महिलासँग सुनारको विवाहेत्तर सम्बन्ध र पटक–पटक र ‘टर्चर’ दिएको भन्दै उनकी साथीले सुनुवाइ समितिलाई उजुरी दिएकी थिइन् ।
समितिले यससम्बन्धी उजुरीकर्ता र पीडितसँगको छलफलपछि ललिलतपुर प्रहरीमा भएको मिलापत्रको प्रमाण माग्ने निर्णय गरेको थियो ।
यो उजुरीलाई संसदीय सुनुवाइ समितिले विशेष निगरानीमा राखेर हेरिरहेको छ ।
सुनारबाट हिंसामा परेको दाबी गरेकी महिलासँग समितिले उजुरीकर्तामार्फत प्रत्यक्ष संवाद समेत गरेको थियो। महिलाको बयान सुनेलगत्तै समितिले घटनासँग सम्बन्धित कागजात ललितपुर प्रहरीसँग मागेको थियो। प्रहरीले ती कागजात समितिलाई उपलब्ध गराएको हो ।
ललितपुर प्रहरीले ‘…जिल्ला प्रहरी परिसर (साबिक महानगरीय प्रहरी परिसर) ललितपुर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा २०७५ साल माघ २९ गते निवेदन दिएकोमा सो निवेदन उपर २०७५ साल फागुन १ गते मिलापत्र कागज भएको यस कार्यालयको अभिलेखबाट देखिन आएको’ भनेर लेखी पठाएको छ ।
मिलापत्र कागजको प्रमाणित प्रतिलिपि पाना १ (एक) पनि राखी पठाइएको छ।
प्रतिक्रिया 4