+
+
Shares

ह्वाइट हाउसकी नयाँ प्रेस सेक्रेटरी जकारिया को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केट जकारिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसकी ३७औँ प्रेस सेक्रेटरी बनेकी छन्।
  • ट्रम्पले उनलाई ९ अक्टोबर २०२६ मा मुख्य प्रवक्ता तथा प्रेस सेक्रेटरीको रूपमा घोषणा गरेका थिए, र उनले १२ अक्टोबरदेखि कार्यभार सम्हालेकी थिइन्।
  • १३ अक्टोबर २०२६ मा जकारियाले ह्वाइट हाउसको प्रेस ब्रिफिङ रुममा पहिलो मिडिया ब्रिफिङ गरेकी थिइन्।

२८ असोज,  काठमाडौं । केट जकारिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी बनेकी छन् । उनी क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७ औं प्रेस सेक्रेटरी नियुक्त भएकी हुन् ।

क्यालिफोर्नियाको लस एन्जलसमा जन्मिएकी ४२ वर्षीया केट जकारियाको वास्तविक नाम केट शारोन ब्ल्याक हो । उनले पेपरडाइन विश्वविद्यालयबाट लिबरल आर्ट्समा स्नातक र सोही विश्वविद्यालयको ल स्कुलबाट कानूनमा डिग्री हासिल गरेकी छिन् । उनी चार सन्तानकी आमा हुन् ।

ह्वाइट हाउसको प्रेस सेक्रेटरी बन्नुअघि उनले विभिन्न राजनीतिक र सञ्चार क्षेत्रका भूमिकाहरूमा काम गरेकी थिइन् ।

उनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपमा सञ्चार सल्लाहकारको रूपमा कार्यरत थिइन् । यसबाहेक, उनी न्युजम्याक्स जस्ता सञ्चारमाध्यममा राजनीतिक टिप्पणीकारको रूपमा पनि चिनिन्थिन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अक्टोबर २०२६ मा उनलाई ह्वाइट हाउसको मुख्य प्रवक्ता तथा प्रेस सेक्रेटरीको रूपमा घोषणा गरेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर ९ मा आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत उनलाई क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७औँ प्रेस सेक्रेटरी नियुक्त गरिएको घोषणा गरेका थिए ।

क्यारोलिन लेभिटले सन् २०२६ को अगस्ट २७ मा ह्वाइट हाउसको प्रेस सेक्रेटरी पदबाट राजीनामा दिएकी थिइन् । खासगरी उनको दोस्रो बच्चा भएपछि परिवार र सन्तानलाई समय दिन भन्दै उनले प्रेस सेक्रेटरी पदबाट राजीनामा दिएकी थिइन् ।

ह्वाइट हाउसको मुख्य प्रवक्ताको पद छाडे पनि उनी ट्रम्पको राजनीतिक टोलीबाट पूर्ण रूपमा अलग भने भइनन् । उनले ट्रम्प प्रशासनको सल्लाहकारको रूपमा काम गर्ने र ट्रम्प समर्थक राजनीतिक संस्था MAGA Inc. मा आबद्ध रहिन् । पछि अक्टोबर २०२६ मा उनी टेलिभिजन नेटवर्क फक्स न्युजमा राजनीतिक विश्लेषक/कमेन्टेटरको रूपमा आबद्ध भइन् ।

त्यसपछि जकारियाले १२ अक्टोबर २०२६ बाट आधिकारिक रूपमा आफ्नो कार्यभार सम्हालेकी थिइन् । उनले १३ अक्टोबर २०२६ अर्थात् यही असोज २७ गते ह्वाइट हाउसको प्रेस ब्रिफिङ रुममा पहिलो पटक मिडिया ब्रिफिङ गरेकी थिइन् ।

ट्रम्प प्रशासनका नीतिहरू, एजेन्डा र उपलब्धिहरूलाई आम जनमानसमा सञ्चार गर्ने जिम्मेवारी उनको काँधमा छ ।  उनी ट्रम्पप्रति वफादार र कडा समर्थकका रूपमा चिनिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?