News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी र योग्यताका आधारमा सिफारिस भएको बताइन्।
- संसदीय सुनुवाइ समितिमा उनले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा अध्ययन गरेको बताइन्।
- उनले कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी स्वीकार गर्दै नेपाल–श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गरिन्।
२८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छिन् ।
बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्दै प्रश्न गरेका थिए ।
जवाफमा उनले आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् ।
‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु । अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेकी छु । साथै, सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु । म अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनले जवाफमा क्रममा भनिन् ।
आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताइन् ।
आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने उनको भनाइ छ ।
‘आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताको आधारमा मूल्यांकन गरियोस् भन्ने चाहन्छु । कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको कुरा म स्वीकार गर्छु,’ उनले भनिन्, ‘तर सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु । सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिवद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गर्दछु ।’
उनले कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको पनि बताइन् ।
प्रतिक्रिया 4