+
+
Shares

नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नृपेश उप्रेतीकृत १५८ गजल संग्रह ‘आगो रहरको’ काठमाडौंको शिल्पी थिएटरमा सार्वजनिक गरिएको छ।
  • साहित्यकार कृष्णहरी बरालले संग्रहका सबै गजल गायनयोग्य र सिद्धान्तसम्मत रहेको टिप्पणी गरेका छन्।
  • गीतकार करुण थापाले उप्रेतीको गजलप्रतिको लगावको प्रशंसा गर्दै संग्रहका हरेक गजल सहज र भाव गम्भीर रहेको बताए।

काठमाडौं । नृपेश उप्रेतीकृत गजल संग्रह ‘आगो रहरको’ सार्वजनिक गरिएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरी बराल, करुण थापा, लेखक उप्रेतीकी आमा नन्दकुमारी उप्रेती लगायतले गजल संग्रह सार्वजनिक गरेका हुन् ।

कुनै समय नेपालको सञ्चारकर्ममा क्रियाशील उप्रेती हाल बेलायतमा बसोबास गर्दै आएका छन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा क्रियाशील रहेकामा उप्रेतीको काफी प्रशंसा गरे अतिथीहरुले । लेखक स्वयंले संग्रहमा संग्रहित गजल वाचन गर्दा हल ‘वान्स मोर…’ले गुञ्जायमान भएको थियो ।

‘आगो रहर’ सम्पूर्ण हिसाबले उत्कृष्ट संग्रह रहेको टिप्पणी गर्दै साहित्यकार बरालले सबै गजल गायनयोग्य रहेको बताए । ‘यो संग्रहको सबैभन्दा महत्वपूर्ण पक्ष यसमा भएका सबै गजल गाउन योग्य छन्,’  उनले भने । लेखकको वाचन सुनेर बरालले लेखक स्वयंलाई आफैंले स्वर भर्न सुझाव पनि दिए ।

अर्का अतिथी करुण थापाप्रति हेर्दै बरालले भने, ‘करुणजी अब लेखककै स्वरमा रेकर्ड गर्ने विषयमा पनि सोच्ने हो कि ?’

त्यसो त एआइको सहयोग लिएर भए पनि स्वाराङ्कन गर्न सकिने भन्दै लेखकलाई सुझाव दिँदै भने, ‘नेपालमै बसेर एआईको सहयोगमा रेकर्डिङ सुरु भैसकेको छ । तपाईं त झन् बेलायत बस्नु हुन्छ ।’ बरालको कुरा सुनेपछि लेखकले मुस्कुराउदै भने, ‘एउटा गजल म आफैं गाउँदैछु ।’

लेखकले गजलका सिद्धान्त पूर्ण परिपालन गरेको भन्दै बरालले व्यवहारिक रुपमा संग्रह उत्कृष्ट भएको टिप्पणी गरे ।

लेखकसँग तीनदशक अघिदेखिको सम्बन्ध स्मरण गर्दै गीतकार करुण थापाले उप्रेतीलाई कुनै बेलाको जिज्ञाशु पत्रकाकारका रुपमा टिप्पणी गरे । आफूले गजल संग्रह निकाल्ने योजना बनाएको डेढ दशक बिताएको तर, संग्रह निकाल्न नसकेको भन्दै उप्रेतीको गजलप्रतिको लगावको प्रशंसा गरे ।

नारायणपुरी निर्देशित चलचित्र ‘सगुन’ को चर्चित गीत ‘आगो लाग्यो दिलैमा…’ बोलको गीतकार समेत रहेका थापाले हरेक गजल सहज भएको टिप्पणी गरे । एउटा सिंगै कृति बहरमा लेख्ने काम निकै गाह्रो हुने भन्दै उप्रेतीको प्रयासको प्रशंसा गरे थापाले । पढ्दा सहज लाग्ने तर, हरेक गजलको भाव गम्भिर भएको उनको भनाइ थियो ।

१५८ गजल संग्रह रहेको उक्त कृति इण्डिगोले प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?